दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भाइरस भेटियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भाइरस भेटिएको छ । धेरै म्युटेसन भएको कोरोनाको नयाँ भाइरस पत्ता लागेको यो अहिले सम्मकै भयानक भएको वैज्ञानिकले बताएका छन् ।

अफ्रिकामा नयाँ भेरियन्टको भाइरस तीव्र रुपमा फैलिएपछि बेलायतले दक्षिण अफ्रिकी छ वटा देशका नागरिकहरूलाई यात्रा प्रतिबन्ध लगाएको छ।दक्षिण अफ्रिका, नामिबिया, जिम्बाबे, बोत्सवाना, लेसोथो र इस्वातिनीलाई प्रतिबन्ध लगाएको हो ।

ती देशहरुमा अस्थायी रुपमा उडानमा प्रतिबन्ध लगाएको हो । यस्तै गैर बेलायतका नागरिकलाई बेलायत जानबाट पनि अस्थायी रुपमा रोक लगाएको बीबीसीले जनाएको छ।

यो भाइरसमा नयाँ विविधता पाइएको उनीहरुले बताएका छन् । स्वास्थ्य मन्त्री जो फाहल्लाले अनुसार नयाँ स्वरूपको कोरोना भाइरस भेटिनु चिन्ताको विषय भएको बताउनुभएको छ। अफ्रिका महादेश भरमा सबैभन्दा धेरै महामारीबाट प्रभावितको सङ्ख्या दक्षिण अफ्रिकामा छ ।

विश्व स्वास्थ्य सङ्गठनले दक्षिण अफ्रिकाको अवस्थालाई मध्यनजर गर्दै त्यहाँका केही व्यक्तिहरुसँग बैठक बसेको छ ।

  • १० मंसिर २०७८, शुक्रबार ०९:४७ प्रकाशित