काठमाडौँ ।
यो वर्ष हिट फिल्म ‘दिमाग खराब’ दिएका निर्देशक निश्चल बस्नेतले नयाँ फिल्मको घोषणा गरेका छन् । आज (बिहीबार) परेको आफ्नो जन्मदिनको अवसर पारेर नयाँ एक्सन फिल्म निर्देशन तयारी गरेको घोषणा गरेका हुन् ।
फिल्मको दसैँ अगाडि नै छायाङ्कन गर्ने उनले बताएका छन् । फिल्मको अन्य विषयमा भने निश्चलले केही खुलाइएका छैन । निश्चल अहिले फिल्म ‘बेहुली फ्रम मेघौली’मा काम गर्दै छन् । आकाश बरालको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा निश्चलको अलावा स्वस्तिमा खड्का पनि छिन् । फिल्म स्वस्तिमाकै लगानीमा बन्न लागेको हो ।