पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर एकको खरिददर १३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९२ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १४४ रुपैयाँ ८४ र बिक्रीदर १४५ रुपैयाँ ४९ पैसा छ । यस्तै आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ४३ र बिक्रीदर १६९ रुपैयाँ १९ पैसा रहेको छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ०९ पैसा र बिक्रीदर ९ रुपैयाँ १३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १८ रुपैयाँ ५२ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ २८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४४ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ३४ पैसा र बिक्रीदर २८ रुपैयाँ ४७ पैसा रहेको छ ।