न्यायाधीशकी पत्नीले सर्वोच्च अदालतभित्रै गरिन् आत्मदाहको प्रयास

केन्द्रभाग मिडिया

काठमाडौं ।

न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरती गिरीले सर्वोच्च अदालतभित्र आत्मदाहको प्रयास गरेकी छन् ।

उनले शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो सल्काउने क्रममा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानन्यायाधीश सर्वोच्चभित्र प्रवेश गरेको करिब १० मिनेटमा आरती सुरक्षाकर्मीको आँखा छल्दै गेटभित्र पसेकी थिइन् ।

उनले ‘न्याय कि मृत्यु’ लेखिएको सेतो टिसर्ट लगाएकी थिइन् । भित्र पस्नासाथ उनले जर्किनबाट शरीरमा पेट्रोलरमट्टितेल खन्याइन् । तर, आगो सल्काउन खोज्दा प्रहरीले हस्तक्षेप गरेको बताइएको छ । त्यसपछि अर्धचेत देखिएकी गिरीलाई प्रहरीले अस्पतालतर्फ लगेको छ ।
आरतीले श्रीमानविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी छिन् ।

  • २९ पुष २०८०, आईतवार १४:४५ प्रकाशित