काठमाडौं ।
अनुयायी बेपत्ता पारेको अभियोग लागेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाही उपस्थित गराएको छ ।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीका एसपी प्रविण धितालका अनुसार, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई बुधबार राति नै सर्लाही लगेको थियो ।
अदालत खुल्ने वित्तिकै उनलाई हाजिर गराइएको प्रहरीले जनाएको छ । अदालतमा उनविरुद्ध थुनछेक बहस हुनेछ ।ब्यूरोले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो । हत्या, बलात्कार तथा अनुयायीलाई बेपत्ता पारेको आरोप उनीमाथि छ ।
उनको घरमा छापा मार्दा ३ करोड बढी नेपाली रुपैयाँ सहित १७ देशका विदेशी मुद्रा र १४ थान मोबाइल बरामद भएको सिआइबीले हिजो पत्रकार सम्मेलनमा जानकारी दिएको थियो ।