पोखरा ।
नेपाल डेरी फार्मस् संघ र राष्ट्रिय व्यवसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाजले कृषकको लगानी सुनिश्चित गर्न भन्दै १० बुदेँ माग गरेका छन् ।
सरकारको उचित संरक्षणको अभावका कारण कृषि लगाव कम हुँदै गएको र कृषकको लगानी डुब्ने खतरा रहेकोले अन्योलमा परेका कृषकको लगानी सुनिश्चित गरिदिन उनीहरुले आज पोखरामा पत्रकार सम्मेलन गर्दै माग गरेका हुन् ।
मुख्यत दुग्धजन्य पदार्थको उत्पादनमा देशलाई आत्मनिर्भर बनाई समग्र कृषि प्रतिको लगानी सुरक्षित गर्न र कृषि पेशा प्रति आकर्षण बढाउनका लागि कृषि नितिमा सुधार आवश्यक रहेको संघले उल्लेख गरेको छ ।
उनीहरुले उत्पादिते दुध विक्रि तत्काल आवश्यक बजारको व्यवस्थापन गर्न, दूधको बिक्रि वितरणमा समस्या आएका कारण बैकसँगको सहकार्यमा सहजीकरण गरिदिन, दुग्धजन्य पदार्थको आयातमा पूर्ण बन्द गरी निर्यातको लागि पहल गर्न माग गरेका छन् ।
यस्तै कृषि अनुदान कर्जांको लिमिट ५ करोडबाट बढाएर २० करोडसम्म गरिदिन,कृषि कर्जाको समयावधी ५ वर्षबाट बढाएर कम्तिमा २० वर्ष बनाउन, कृषि अन्तर्गत पशुपालन व्यवसाय / कर्जालाई छुट्टै व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।
खरिद मूल्यको आधारमा पशु बीमा गर्न,कृषि तथा पशुपालनजन्य उपकरणहरु शुन्य भन्सारमा खरिद गर्ने व्यवस्था मिलाइदिन, बाहिरबाट आएको खुल्ला दूधलाई प्रशोधन गरी विक्रि वितरण गर्ने व्यवस्था मिलाउन, बाहिरबाट आएको खुल्ला दूध र स्थानीय दूधको वर्गीकरण गरी उपभोक्ता माझ पुयाउने व्यवस्था मिलाउन उनीहरुको माग छ ।













