मलेसिया जाने कामदारबाट ४५ डलर असुल्ने सम्झौताको विरोध

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिले मलेसियामा रोजगारीमा जाने नेपाली कामदारको भर्ती प्रक्रिया सहजीकरण गर्ने नाममा ४५ डलर असुल्ने निर्णयको विरोध गरेको छ । नेपाल वैदेशिक रोजगार बोर्ड र मलेसियास्थित फरेन वर्कर्स वेल्फेयर सेन्टरबिच प्रति कामदार ४५ डलर अर्थात् नेपाली रुपैयाँ पाँच हजार ९७३ रुपैयाँ अशुल गर्ने सम्झौता भएको थियो ।

मंगलबार समितिका अध्यक्ष ओम शर्माले विज्ञप्ति जारी गर्दै नेपाली कामदारहरूको कल्याण गर्ने नाममा वैदेशिक रोजगार बोर्ड र उक्त संस्थाबिच भएको यो सम्झौता आफैमा राज्यका तर्फबाट श्रमिकहरू उपर गरिने शोषणको एउटा निकृष्ट नमुना भएको उल्लेख गरेका छन् ।

‘मलेसियामा रोजगारमा रहेका नेपाली कामदारहरूको भर्ती प्रक्रिया सहजीकरण गर्ने नाममा नेपाल वैदेशिक रोजगार बोर्ड र मलेसियास्थित फरेन वर्कर्स वेल्फेयर सेन्टरबिच प्रति कामदार ४५ डलर (नेरु ५९७३) असुल गर्ने गरी नेपाल वैदेशिक रोजगार बोर्ड र मलेसियास्थित फरेन वर्कर्स वेल्फेयर सेन्टरबिच सम्झौता भएको जानकारी एनपीपीएफ मलेसियाका अध्यक्षका साथै नेपालबाट प्रकाशित विभिन्न सञ्चार माध्यमबाट हामीलाई प्राप्त भएको छ । नेपाली कामदारहरूको कल्याण गर्ने नाममा वैदेशिक रोजगार बोर्ड र उक्त संस्थाबिच भएको यो सम्झौता आफैमा राज्यका तर्फबाट श्रमिकहरूउपर गरिने शोषणको एउटा निकृष्ट नमुना हो’, विज्ञप्तिमा उल्लेख छ ।

  • २४ पुष २०८०, मंगलवार १५:३२ प्रकाशित