अधिकृत बिक्रेता संघ पोखरा को १७ औं साधारण सभा तथा ९औं अधिवेशनले मनोजकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यसमेत रहेका उनी यसअघि अधिकृत बिक्रेता संघको वरिष्ठ उपाध्यक्ष थिए । पोखरा उद्योग बाणिज्य संघका कार्य समिति सदस्य मनोजकुमार श्रेष्ठ अध्यक्ष पदमा, वरिष्ठ उपाध्यक्षमा तेजेन्द्र पौडेल, उपाध्यक्षमा रवि सापकोटा चयन भएका छन् ।
महासचिवमा दीलिपकुमार श्रेष्ठ, सहसचिवमा देवेन्सन प्रजु,कोषाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ,सह कोषाध्यक्षमा ज्ञानेन्द्र गौतम चयन भएका छन् भने कार्यसमिति सदस्यहरुमा नवराज अधिकारी, विजेन्द्र शर्मा पौडेल,विनय राजभण्डारी, भेषराज चापागाईं र अमृत सापकोटा रहेका छन् ।













