आज डलरको भाउ बढ्यो, युरो र पाउण्डको कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज (बुधबार) डलरको भाउ बढेको छ । आज डलर एकको खरिददर १३३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६२ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४९पैसा थियो ।

आज युरो एकको खरिददर १४६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६९ पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३० पैसा रहेको छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९ रुपैयाँ ४२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६३ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ९० पैसा र बिक्रीदर २९ रुपैयाँ ०३ पैसा रहेको छ ।

  • १८ पुष २०८०, बुधबार ०९:३० प्रकाशित