मित्रमिलन सहकारी प्रकरण : हालसम्म ६ जना कारागार चलान

केन्द्रभाग मिडिया

पोखराको नयाँ बजारस्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिडेट प्रकरणमा थप ४ जना कारागार चलान भएका छन् ।

योसँगै कारागार चलान हुनेको संख्या ६ पुगेको छ । बचतकर्ताको रकम हिनामिना एवम् ठगी गरेको आरोपमा पक्राउ परेका थप ४ जनालाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

कागारागार चलान हुनेमा स्याङजा वालिङ न.पा. वडा नं. ११ धनपुरे स्थायी घर भई हाल जिल्ला पर्वत कुश्मा नगरपालिका वडा नं. ५ बस्ने कुश्मा नगरपालिकाको कार्यालयमा उपसचिव पदमा कार्यरत वर्ष ५२ का उदय बहादुर पराजुली, नुवाकोट तारकेश्वर गाउपालिका वडा नं १ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.८ रामघाट बस्ने वर्ष ३५ का गोपाल खनाल,जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १७ विरौटा बस्ने वर्ष ४२ का बुद्धिसागर पौडेल, र पोखरा महानगरपालिका वडा नं.६ खहरे बस्ने वर्ष ३९ का राजु बराल रहेको कास्की प्रहरीका प्रबक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

जिल्ला स्याङ्जा आधिखोला गाउँपालिका वडा नं। ४ स्थाई घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.७ रत्नचोक बस्ने मित्र मिलन सहकारी संस्थाका अध्यक्ष एवं संचालक वर्ष ३२ का रमन पौडेल र पोखरा महानगरपालिका वडा नं. २३ खोरपाखा स्थायी घर भई हाल पोखरा ११ फुलवारी बस्ने मित्र मिलन सहकारी संस्थाका कार्यकारी अधिकृत वर्ष २८ का किरण अधिकारी बैंकिङ कसुर मुद्दामा पुर्पक्षको लागि यसअघि नै कारागार चलान भएका थिए ।

 सहकारीका सञ्चालक र अन्य मिलेर करिब २७ करोड रकम हिनामिना पारेको आरोप छ ।

  • १८ पुष २०८०, बुधबार ०८:४५ प्रकाशित