मोहन वैद्य नेतृत्वको युवा संगठनले गरे अर्धनग्न प्रदर्शन

केन्द्रभाग मिडिया

काठमाडौं ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टको क्रान्तिकारी युवा संगठनले आज काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेको छ ।

संगठनले प्रधानमन्त्री निवास बालुवाटार गेटमा, सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि, सर्वोच्च अदालतको मुल गेटमा, संसद भवनको तीन नम्बर र दुई नम्बर गेटमा र पुल्चोकस्थित मन्त्री निवासमा अर्धनग्न प्रदर्शन गरेको हो ।

बालकुमारी घटना, एमसीसी र एनसल प्रकरणको विरोधमा प्रदर्शन गरेको क्रान्तिकारी युवा संगठनका केन्द्रीय अध्यक्ष हरिश भट्टले जानकारी दिए । उनको अनुसार युवाहरुले नांगिएर प्रदर्शन गरेर सांकेतिक रुपमा सत्ता नांगिसकेको सन्देश दिन खोजेका हुन् ।

यसअघि युवा संगठनले प्रधानमन्त्री कार्यालयमा हुलाकमार्फत् यही पुस ३ गते २० बुँदे ज्ञापन पत्र बुझाएका थियो । ज्ञापन पत्रमा उल्लेख भएका माग सरकारले सम्बोधन नगरेको भन्दै आज संसदीय र प्रशासनिक केन्द्रभित्र प्रदर्शन गर्ने पूर्वयोजना अनुसार प्रदर्शन गरेको युवा संगठनले जनाएको छ ।

  • १६ पुष २०८०, सोमबार १५:०८ प्रकाशित