पोखरा ।
पोखरामा चलिरहेको लेखनाथ महोत्सव स्थलको गेट नजिकै बसको ठक्करबाट तीन जना घाइते भएका छन् । घाइते मध्य एकजनाको अवस्था गम्भिर रहेको छ ।
विहान ८ : ५५ बजेको समयमा वागलुङबाट पोखरा हुँदै भैरहवा तर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बस ब्रेक फेल भएर माटोको ढिस्कोमा ठोकिँदा फुटपाथमा व्यवापार गर्ने एक जनासहित ३ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जानकारी दिएको हो ।
फूटपाथमा व्यापार गर्नेभारतकी इश्श्रावती कुमारी गम्भिर घाइतेको र उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) उपचार जारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख भानु शर्माले जानकारी दिए । ‘भारतकी इश्श्रावतीको गम्भिर अवस्थामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ’ उनले भने ।
दुर्घटनामा तनहुँ म्याग्दे १ का ४६ वर्षीय रामजी गन्दर्भ र पर्सा दिप १ की ४६ वर्षीया चिजमायाँ गन्धर्व घाइते भएका छन् ।
उनीहरुको खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले जानकारीका छन् । उनका अनुसार घाइतेको लेखनाथ सिटी अस्पतालमा उपचार भइरहेको छ ।













