कास्कीमा चोरी सिकारी गरेको मृगको मासु सहित १ जना पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

कास्कीमा मृगको मासुसहित एक पुरुष पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालय रामबजार कास्कीको प्रहरी टोली र एक्यापको रेन्जर भिम उपाध्याय सहितको टोलीले मृगको मासु सहित कास्की अन्नपुर्ण ९ दानसिङ सिमलबोट बस्ने वर्ष ४३ का गौ प्रसाद क्षेत्रीलाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

गौ प्रसाद क्षेत्रीको घरमा मृगको मासु चोरी सिकारी गरी लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी टोली र एक्यापका रेन्जर भिम उपाध्याय सहितको टोली खटि गई उनको घर खानतलासी गर्दा मृगको खुट्टा १८ वटा, मृगको सुकुटी अन्दाजी ५०० ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

क्षेत्रीलाई बरामद भएको मृगको मासु सहित पक्राउ गरि थप अनुसन्धानको लागि एक्याप हरियो खर्क रामबजार कास्कीमा पठाईएको प्रहरीले बताएको छ ।

  • १३ पुष २०८०, शुक्रबार १७:०१ प्रकाशित