बालकुमारी आन्दोलन अपडेट : ज्यान गुमाउने युवक कर्णालीका सुजन राउत

केन्द्रभाग मिडिया

काठमाडौँ ।

ललितपुरको बालकुमारीमा शुक्रबार भएको आन्दोलनमा प्रहरीको गोली लागेर गुमाउने युवकको पहिचान खुलेको छ ।

मृतक युवक कर्णाली प्रदेशका २३ वर्षीया सुजन राउत भएको बताइएको छ । मृतक सुजनको छातीमा रातो डाम देखिएको ग्वार्कोस्थित किष्ट अस्पतालले जनाएको छ ।पाठकका अनुसार घाइतेलाई १२ बजेर ४० मिनेटमा किष्टमा लगिएको थियो । उनलाई चिकित्सकहरूले दिउँसो १ बजेर १७ मिनेटमा मृत घोषणा गरेका थिए ।

उनलाई शुक्रवार दिउँसो बालकुमारीमा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेको बताइएको छ । रोजगार अनुमति प्रणाली ९ईपीएस० मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले जानकारी दिए ।

प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए ।

  • १३ पुष २०८०, शुक्रबार १५:३४ प्रकाशित