साताको अन्तिम दिन आज डलरको भाउ घट्यो (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलरको भाउ घटेको छ । हिजो बढेको डलरको भाउ आज पुन घटेको हो ।

आज डलर एकको खरिददर १३२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३७ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६६ पैसा थियो।

आज युरो एकको खरिददर १४७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३३ पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७० रुपैयाँ ६१ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३७ पैसा थियो।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १८ रुपैयाँ ७७ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ४० पैसा र बिक्रीदर ३५ रुपैयाँ ५६ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ८२ पैसा र बिक्रीदर २८ रुपैयाँ ९५ पैसा रहेको छ ।

  • १३ पुष २०८०, शुक्रबार ०९:५५ प्रकाशित