पोखरा ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परेका छन् । उनलाई बिहीबार सिन्धुलीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक मोहन कुमार थापाले जानकारी दिए ।
पक्राउ परेका दर्लामीलाई शुक्रबार विहान पोखरा ल्याइएको उनले बताए । सहकारी ठगीको फरार सूचीमा रहेका उनी लुकिछिपी बसेको अवस्थामा काठमाडौं प्रहरीले पक्राउ गरेको हो ।
दर्लामीलाई लिन कास्की प्रहरीको टोली धादिङको पुगेको थियो । दर्लामीलाई लिन कास्कीको टोली गए राति नै गएको हो, धादिङबाट ल्याउन ढिलाई हुँदा अहिले भर्खर पोखरा ल्याई पुर्याइएको छ, उनले भने,
एसपी थापाले कास्की प्रहरीको अनुरोधमा काठमाडौं प्रहरीले पक्राउ गरेको जानकारी दिए । अन्यको समेत खोजी भइरहेको र प्रहरी सक्रिय रहेको उनको भनाई छ । केही देशबाहिर रहेको सूचना आएको र केही कास्की बाहिर रहेकाले उनीहरुलाई पक्राउ गर्न केन्द्रीय प्रहरी कार्यालयसंग सहयोग मागिएको उनले बताए । उनलाई आजै अदालत पेश गरिनेछ ।
उक्त सहकारी ठगीको आरोपमा १९ जना विरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । त्यसमध्ये सञ्चालक समिति कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै पक्राउ परिसकेका छन् । उनी कास्की कारागारमा पूर्पक्षका लागि थुनामा छन् ।