पोखरा ।
पोखरामा आफ्नै श्रीमतीको घाँटी थिची हत्या गर्ने श्रीमान पक्राउ परेका छन् ।
प्रदेश प्रहरी कार्यालय पोखराको अनुसार पक्राउ पर्नेमा म्याग्दी धौलागिरी ७ ताकम घर भई हाल पोखरा महानगरपालिका २९ नौबिसे बस्ने ३६ वर्षका रत्न बहादुर घर्ती रहेका छन् ।
उनले तोरी बारीको कान्लामा २९ वर्षीया श्रीमती रेखा घर्तिको घाँटी थिची हत्या गरेको प्रहरीले जनाएको छ । उनी माथि थप अनुसन्धान भइरहेको प्रहरीे बताएको छ ।













