मित्रमिलन सहकारी ठगी प्रकरण : पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको मित्रमिलन बचत तथा ऋण सहकारीको ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली पक्राउ परेका छन् ।
सहकारी ठगी प्रकरणमा सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार तथा कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पराजुली कार्यालयबाटै पक्राउ परेका हुन् । पर्वत प्रहरीले बुधवार उनलाई कार्यालयबाटै प्रकाउ गरेको जानकारी दिएको छ ।

पर्वतका डीएसपी खुमलाल भुसालका अनुसार पोखराको मित्र मिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने विषयमा उनले १ करोड २५ लाख मागेका थिए । १ करोड ५ लाख लिएको बयान सहकारीका अध्यक्ष रमण पौडेलले दिएका थिए ।

त्यसकै आधारमा पराजुलीलाई पक्राउ गरिएको पर्वतका डीएसपी खुमलाल भुसालले जानकारी दिए । उनी बुधवार कार्यालय गएका थिए । उनलाई आजै कास्की पठाउने तयारी भएको पर्वत प्रहरीले बताएको छ ।

  • ११ पुष २०८०, बुधबार १४:५३ प्रकाशित