भद्रपुर ।
झापा नगरापालिकामा पुगेर एक महिलाले आत्मदहको प्रयास गरेकी छिन् ।
वैदेशिक रोजगारीका लागि दुबई गएका श्रीमान् अकबर अन्सारी अलपत्र परेपछि उद्धार गरिदिन सरकारले पहल नगरेको भन्दै महिलाले झापामा आफैंलाई आगो लगाउने प्रयास गरेकी हुन् ।
भद्रपुर नगरपालिकाको कार्यालयमा पुगेर पेट्रोल छर्किन थालेपछि त्यहाँ उपस्थित व्यक्तिहरुले उद्दार गरेको जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी खगेन्द्र रिजालले बताए ।
भद्रपुर नगरपालिका–८, फुलबारी टोल बस्ने खातुलका श्रीमान् अकवर २८ असोजमा दुबई गएका थिए । त्यहाँ उनलाई ११२० दिराम मासिक तलब दिएर फिनिसिङ कार्पेन्टरको काम लगाउने भनिएपनि फरक काममा लगाइएको थियो ।
लेबरको काममा लगाएपछि ९ दिनमा उनी बिरामी परेको पाइएको प्रहरीले जनाएको छ । फर्किनका लागि भाडा समेत नभएपछि परिवार विचल्लीमा परेको थियो । प्रहरीका अनुसार, अहिले उनकी खातुनलाई सम्झाइबुझाइ गरेर परिवारको जिम्मा लगाएको छ ।
भद्रपुर नगरपालिकाले भने उनको पतिको उउद्धारका लागि पहल भइरहेको जनाएको छ ।














