नदीजन्य पदार्थ चोरी निकासी गरिरहेका ५ वटा ट्रिपर कास्की प्रहरीको नियन्त्रणमा

केन्द्रभाग मिडिया

पोखरा।

नदीजन्य पदार्थ चोरी निकासी गरि पोखरा महानगरतर्फ ल्याउँदै गरेका ५ वटा ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो (बुधबार, पुस ४ गते) बिहान ५ बजेर ३५ मिनेटको समयमा अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा चोरी निकासी गरि पोखरा ल्याउँदै गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

पोखरा महानगरपालिका वडा नं. १९ चितेपानी स्थितबाठ ग १ ख १७८ नम्बरको टिप्पर, ग १ क १५१४ नं.को टिप्पर, ग २ ख ७७ नं. को टिप्पर, ग १ ख ५८६७ नं. को मिनिटिप्पर र ग १ ख ८४२९ को टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुले कागजपत्र बिना नदिजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) चोरी निकासी गरी ओसारपसार गरिरहेको पाइएको प्रहरीले जनाएको छ । उक्त सवारी साधनहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एंव कारवाहीको लागी अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरामा पठाइएको प्रहरीले जनाएको छ ।

  • ५ पुष २०८०, बिहीबार ०९:१८ प्रकाशित