अफगानिस्तानमा महिलालाई टेलिश्रृखलामा अभिनय गर्न पतिबन्धःमहिला पत्रकार र कार्यक्रम प्रस्तोतालाई टाउको ढाक्न निर्देशन

केन्द्रभाग मिडिया

File Photo

पाकिस्तान सरकारलाई कब्जामा लिएको तालिबान सरकारले निकै कडा नियम तथा कानुनहरु बनाएर लागु गरेको छ ।

तालिबान सरकारले अफगानिस्तानमा महिलाहरूलाई टेलिभिजनमा प्रसारण हुने कार्यक्रममा अभिनय गर्न प्रतिबन्ध लगाएको छ ।अफगानिस्तानका टेलिभिजन च्यानलहरूलाई दिइएको नयाँ निर्देशिकामा आठवटा नियमहरू उल्लेख गरिएको छ ।

ती नियममा इस्लाम वा शरिया कानुन एवम् अफगान मूल्यमान्यता विपरीतका चलचित्रहरूदेखि पुरुषका गुप्ताङ्ग देखाउन नपाइने बताइएको छ ।

धर्मलाई अपमान गर्ने कुराहरू वा अफगानका लागि आपत्तिजनक कुरा भएका हास्य र मनोरञ्जनात्मक सामग्री पनि देखाउन नपाइने नियम बनाइएको छ।तालिबानले विदेशी मूल्यमान्यता प्रचार गर्ने विदेशी चलचित्रहरू देखाउन नपाइने बताउँदै आएको छ।

यस्तै तालिवानले महिला पत्रकार र कार्यक्रम प्रस्तोतालाई पनि टाउको ढाक्न निर्देशन दिएको छ। यद्यपि कस्तो कुन प्रकारले कतिमात्रा ढाक्ने भन्ने कुरा स्पष्ट छैन।पत्रकारहरूले केही नियमहरू अस्पष्ट रहेको र त्यसलाई जसरी पनि व्याख्या गर्न सकिने बताएका छन्।

अमेरिकी र सहयोगी सेनाको बहिर्गमनपछि सत्ता नियन्त्रणमा लिनेबित्तिकै तालिबानले महिलाहरूलाई विद्यालय नगई घरमै रहन आदेश दिएको थियो।

तालिबानको महिलाहरूलाई विद्यालयबाट बाहिरै राख्ने निर्णयले अफगानिस्तानलाई आधा जनसङ्ख्या शिक्षाबाट वञ्चित भएको विश्वको एक मात्र देश बनाएको छ।

तालिबानले महिलामाथि शिक्षा र रोजगारीमा लगाइएको प्रतिबन्ध अस्थायी भएको र त्यो विद्यालय एवं कार्यक्षेत्रहरू उनीहरूका लागि सुरक्षित बनाउनका लागि मात्रै लागु गरिएको बताउँदै आएका छन्।

  • ६ मंसिर २०७८, सोमबार १४:३४ प्रकाशित