मित्रमिलन सहकारी ठगी प्रकरण : थप २ जना पक्राउ

केन्द्रभाग मिडिया

simbolic photo

पोखरा ।

पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा थप २ जना पक्राउ परेका छन् ।

पक्राउ पुर्जी जारी भएकामध्ये स्याङ्जाका बुद्धिसागर पौडेल र नुवाकोटका गोपाल खनाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। उनीहरू दुवै पोखरामा बस्दै आएका थिए । यसअघि पोखरा २२ का राजु बराल पक्राउ परिसकेका छन् ।

संस्थाका अध्यक्ष र कार्यकारी प्रमुख सुरुमै पक्राउ परेर हिरासतमा छन् । बचतकर्ताको रकम फिर्ता नदिएपछि सहकारी विरुद्ध बचतकर्ताले उजुरी दिएका थिए । सोही उजुरीपछि सहकारी रजिस्ट्रारको कार्यालयले आवश्यक छानबिन सहित कारबाहीका लागि प्रहरीमा फाइल पठाएको हो ।

मित्रमिलनमा बचत गरिएको २६ करोड ८३ लाख भन्दा बढी रकम हिनामिना भएको प्रतिवेदनमा उल्लेख छ । सोही ठगी काण्डमा ३० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको बताइएको छ । सबैको खोजी कार्य जारी रहेको कास्की प्रहरीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

  • १ पुष २०८०, आईतवार ११:२४ प्रकाशित