पोखरा सेती नदीमा सढेगलेको अवस्थामा नदीपुरका उमेशको शव भेटियो

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा रामघाटस्थित सेती नदीमा सढेगलेको अवस्थामा एक युवकको शव भेटिएको छ । शव प्रहरीले हिजो (बिहीबार) सेती नदीमा वेवारिसे अवस्थामा फेला परेकोमा शवको पहिचान खुलेको हो ।

सेती नदीमा शव फेला परेको स्थानीयको सूचनापछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले शव निकालेकोमा उक्त शव पोखरा ३ नदीपुर बस्ने वर्ष ३८ का उमेश गुरुङको रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उमेशको शव उनको माइला दाईले पहिचान गरेका हुन् ।

उमेशको बायाँ पाखुरामा माई लाइफ लेखि महिलाको तस्वीरसहितको ट्याटु र नाडीमा लिजा लेखिएको ट्याटुको चिन्हद्धारा उनको पहिचान भएको कास्की प्रहरीले जनाएको छ ।

  • २९ मंसिर २०८०, शुक्रबार १६:१७ प्रकाशित