आज पाउण्डको भाउ घट्यो, डलरको कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार पाउण्डको भाउ घटेको छ । आज पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ५० पैसा रहेको छ ।

हिजो पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ११ पैसा थियो । आज डलर एकको खरिददर १३३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा रहेको छ ।

आज युरो एकको खरिददर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १६ पैसा रहेको छ ।१० जापानी येनको खरिददर ९ रुपैयाँ १४ पैसा र बिक्रीदर ९ रुपैयाँ १८ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८ रुपैयाँ ६३ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ५० पैसा र बिक्रीदर ३५ रुपैयाँ ६६ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ २९ पैसा र बिक्रीदर २८ रुपैयाँ ४२ पैसा रहेको छ ।

 

  • २८ मंसिर २०८०, बिहीबार ०९:४३ प्रकाशित