बेपत्ता युवकको खोजीका लागि भोलि पोखरा १६ दिपस्थित ड्याम खोलिने, सर्तक रहन प्रहरीको आग्रह

केन्द्रभाग मिडिया

पोखरा ।

भोलि (मंसिर २८ गते) का दिन पोखरा महानगरपालिका वडा नम्बर १६ स्थित ड्याम खोलिने भएको छ ।
तनहुँ स्थायी घर भई हाल पोखरा १६ लामाचौर बस्ने हाल बेपत्ता १९ वर्षीय संगम मिश्रको खोजीका लागि ड्याम खोलिने जिल्ला प्रहरी कार्यालय कास्कीले सूचना जारी गरेको छ ।

संगम बिरामी भई उपचारको लागि मणिपाल शिक्षण अस्पतालको ईमर्जेन्सी वार्डमा उपचाररत रहेकोमा उनको बुवा औषधी लिन गएको बेला उनी अस्पतालबाट बेपत्ता भएको भनि सुचना प्राप्त भएको प्रहरीले कार्यालय कास्कीले जनाएको छ ।

सूचना प्राप्त हुनासाथ तत्काल वडा प्रहरी कार्यालय बगरबाट प्रहरी टोली खटिई गई खोजतलास गर्दा मणिपाल अस्पतालबाट नदिपुर तर्फ जाने झोलुङ्गे पुलको बिचमा उनले लगाएको कपडा र आइडी कार्ड समेत फेला परेकोले भोलि दिउँसो १२ बजेदेखि अपरान्ह ४ बजेसम्म ड्याम खोलि उनको खोजी गरिने प्रहरीले जनाएको छ ।

उक्त समयमा सेति नदीमा पानीको वहाव बढ्न सक्ने भएकाले समयमा नदी वरीपरी काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो भई कार्य गर्न, नदिको किनारमा नजान र सुरक्षा सतर्कता अपनाउन प्रहरीको आग्रह छ ।

  • २७ मंसिर २०८०, बुधबार १७:१७ प्रकाशित