काठमाडौँ ।
काठमाडौंको जोरपाटीमा बाल्टिनको पानीमा डुब्दा बालिकाको ज्यान गएको छ ।
गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीको बाहुनधारा बस्ने अनेत्र बडूवा लकी १९ महिनाकी छोरी सुमित्रा बडूवालको बाल्टिनको पानीमा डुबेर ज्यान गएको हो ।
आफ्नै शौचालयमा रहेको बाल्टिनमा डुबेर अशक्त भएकी उनको नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा बाटोमै ज्यान गएको हो।यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।