पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी फर्जी बिलका आधारमा ढुवानी गरिरहेका गरि ट्रक, टिप्पर र ट्याक्टर गरी ५६ वटा ढुवानीका साधनलाई नियन्त्रणमा लिएको छ ।
नदिजन्य पदार्थ ओसार-पसार गर्ने, भ्याटविल नभएका, कागजपत्र नभएका र फर्जिबिल बनाएका ति सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी पोखरा महानगर पठाइएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
उनका अनुसार स्थानीयको गुनासोका आधारमा अनुगमन गरेर ति गाडी नियन्त्रणमा लिइएको हो । यसरी अबैध रुपमा अनुगमन गर्ने र नियन्त्रणमा लिने क्रम जारी रहेको उनले जानकारी दिए ।