आज कति छ डलरको भाउ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३३ रुपैयाँ १२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७२ पैसा रहेको छ ।

आज युरो एकको खरिददर १४३ रुपैयाँ २८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९२ पैसा रहेको छ ।यस्तै आज पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७९पैसा रहेको छ ।

आज १० जापानी येनको खरिददर ९ रुपैयाँ १८ पैसा र बिक्रीदर ९ रुपैयाँ २३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८ रुपैयाँ ६६ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६५ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ५४ पैसा र बिक्रीदर २८ रुपैयाँ ६७ पैसा रहेको छ ।

  • २५ मंसिर २०८०, सोमबार १०:०८ प्रकाशित