पोखरा ।
पोखरामा कारको ठक्करबाट दुई जनाको ज्यान गएको छ । दुर्घटनामा परि ज्यान गुमाउनेमा पोखरा महानगरपालिका २५ हेम्जा बस्ने २३ वर्षीया अनिशा खड्का र पोखरा महानगर वडा ५ की २४ वर्षीया भावना बराल रहेको जिल्ला परि कार्यालय कास्कीले जानकारी दिएको छ ।
हिजो दिउँसो ४ बजेर १५ मिनेटको समयमा पोखराबाट तालचोकतर्फ जादै गरेको BAA 0041 नं. नम्बरको कारको ठक्करबाट विपरित दिशाबाट आउँदै गरेको ग १३ प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उनीहरु घाईते भएका थिए । घाईते दुइ जनाको उपचारको क्रममा ज्यान गएको हो ।
दुवै सवारी साधन र कार चालक अघौं घर भएका मानबहादुर बानियाँलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।मृतक दुवै जना गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी रहेका थिए ।