कांग्रेसले कम्युनिस्टसँग गठबन्धन गर्दै जाने हो भने अस्तित्व सकिन्छ : नेता कोइराला

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसले कम्युनिस्ट पार्टीहरुसँग गठबन्धन गर्नु नहुने बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित रिता शाहीद्वारा लिखित गजल संग्रह चिनारीको लोकर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले गठबन्धन गर्दा लोकतान्त्रिक पार्टीहरुसँगै गठबन्धन गर्नुपर्ने बताए । उनले कम्युनिस्ट पार्टीहरुसँग कांग्रेसले गठबन्धन गर्दै जाने हो भने अस्तित्व नै समाप्त हुने बताए ।

नेता कोइराला देश परिवर्तन गर्नु छ भने कांग्रेसलाई परिवर्तन गरेर अघि बढ्न जरुरी रहेको बताए । उनले गठबन्धन पनि निर्वाचन पछि गर्ने कि अगाडि गर्ने भन्नेकुरामा सोच्न जरुरी रहेको बताए ।

  • २२ मंसिर २०८०, शुक्रबार १६:२६ प्रकाशित