चितवन ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारलाई एनसेलको सेयर विक्रीका विषयमा अहिलेसम्म कुनै जानकारी नभएको बताएका छन् ।
मंगलबार चितवनमा सञ्चारकर्मीहरुसँगको कुरागर्दै उनले यस्तो बताएका हुन् । ‘हामी सूचना लिइरहेका छौं। यसको नियमन गर्ने निकाय नेपाल टेलिकम हो । यो ठूलो किनबेच गर्दा अनुमति लिनुपर्ने व्यवस्था छ,’ उनले भने ।
त्यसबारे आधिकारिक रूपमा सरकारलाई जानकारी नभएको भन्दै उनले यसले पार्ने प्रभावका विषयमा टेलिकमका पदाधिकारसँग बुझ्दै गरेको बताए ।
मन्त्री महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको समेत दाबी गरे । ‘नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको छ । समस्यामा परेका व्यवसायीको समस्या समाधान हुन्छ । अर्थतन्त्र विस्तारै लयमा फर्कन्छ ।
समग्रमा विदेशी रेमिट्यान्स ३० प्रतिशतले बढेको छ । पर्यटकको चाप बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन्,’ उनले अघि भने, ‘अब बिस्तारै अर्थतन्त्रमा सुधार आउँदैछ ।’