यो सरकार आफैँ ढल्छ : केपी ओली

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले प्रचण्ड सरकार आफैँ ढल्ने दाबी गरेका छन् ।एमालेले सुरु गरेको समृद्धिका लागि सङ्कल्प यात्रा अन्तर्गत शुक्रवार डडेलधुराको अमरगढीमा आयोजित आयोजित सभालाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकार कसैले ढालिरहनु नपर्ने पनि बताए ।

‘हामी अहिले मिसन ०८४ भनेका छौँ । यो सरकार।।।म किन भनिरहेको छु भने यो सरकार कसैले ढाल्नुपर्दैन । सरकार हल्लिरहेको छ । च¥याक म¥याक, च¥याक म¥याक भइरहेको छ’, ओलीको भनाइ छ । उनले यो सरकार आफै ढल्न सक्ने भन्दै कुनै खुट्टा भएको सरकार नभई छेस्का अड्याएर बनेको सरकार भएकाले कुनै पनि बेला आफै ढल्ने बताए ।

यस्तै नेपाली कांग्रेस प्रचण्ड पथको भरिया बनेको टिप्पणी गरेका छन् । साथै उनले सत्ता गठबन्धनका नेता र वर्तमान सरकारले आफन्त पोस्नबाहेक केही काम नगरेको आरोप लगाए ।

एमालेले सुरु गरेको समृद्धिका लागि सङ्कल्प यात्रा अन्तर्गत शुक्रवार डडेलधुराको अमरगढीमा आयोजित आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिगामी तत्त्वहरू आतङ्ककारी गतिविधिमा लागेको र सत्ता गठबन्धनका नेताहरू सरकार कसरी जोगाउने भन्नेमा मात्र केन्द्रित रहेको बताएका हुन् ।

उनले प्रतिगामी तत्त्वहरू जसले १५ वर्ष अघि मरेको राजतन्त्रको चिहान खनेर फेरि ल्याउने प्रयासमा लागिरहेको बताए । उनले यी सबै तत्त्वहरूलाई जवाफ दिन नेपाली जनता सजग हुनुपर्छ भनेर एमालेले महाकालीबाट मेचीको शिरमा चिवा भञ्ज्याङसम्मको यात्रा तय गरेको बताए ।

  • १५ मंसिर २०८०, शुक्रबार १४:१५ प्रकाशित