नेपाल आयल निगमद्वारा कर्मचारी माग : २१ दिनभित्र आवेदन दिन सक्ने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाल आयल निगमले विभिन्न पदमा कर्मचारी माग गरेको छ । खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी निगमले शुक्रबार दरखास्त आह्वान गरेको हो ।

जसअनुसार प्रबन्धक (मेकानिकल), उपप्रबन्धक (सीए), सहायक प्रबन्धक (प्रशासन), सहायक, टेक्नेसियनलगायतका पदमा दरखास्त आह्वान भएको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले २१ दिनभित्र आवेदन दिन सक्नेछन् । सो समयमा पनि आवेदन दिन नभ्याएकाले त्यसको थप ७ दिनभित्र दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

 

 

 

  • १५ मंसिर २०८०, शुक्रबार ०९:०४ प्रकाशित