धनुषामा परालले छोपेको अवस्थामा महिलाको शव भेटियो

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

धनुषाको धनौजी गाउँपालिका-४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको छ ।

मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माको टोली पुगेको छ । घटनाको अनुसन्धानका लागि कुकुरसहितको टोलीले अनुसन्धान सुरु गरेको एसपी शर्माले जानकारी दिए ।

दुई/तीन दिनअघि हत्या गरेर शव लुकाएको हुन सक्ने प्रहरीको आशंका छ ।

  • १२ मंसिर २०८०, मंगलवार १५:५५ प्रकाशित