एक लाख पाँच हजारसहित पोखराबाट ८ जना जुवाडे पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

कास्की प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ । शुक्रबार राति ११ बजे पोखरा–१४ चाउथे स्थित पोखरा अन्तराष्ट्रिय विमानस्थल गेट अगाडि रहेको प्रज्वल प्रतिक खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार प्रेम बहादुर कार्कीले संचालन गरेको उक्त खाजा घरमा गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी उनीहरुलाई पक्राउ गरेको हो ।   उनीहरुको साथबाट५२ पत्ति तास, नगद एक लाख पाँच हजार ५६० रुपैयाँ सहित नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता विकाले बताए ।

उनका अनुसार पक्राउ पर्नेमा  पर्वत कुस्मा–१३ घर भई हाल पोखरा १४ चाउथे स्थित पोखरा अन्तराष्ट्रिय विमानस्थल गेट अगाडि प्रज्वल प्रतिक खाजा घर संचालन गरी बस्ने ४५ बर्षीय प्रेम बहादुर कार्की, ललितपुर घर भई हाल पोखरा १४ चाउथे बस्ने २९ काउत्तम बयलकोटी, शुक्ला गण्डकी ३ घर भई हाल पोखरा १४ चाउथे बस्ने बर्ष ३४ बर्षीय महेन्द्र बहादुर भुजेल, पोखरा २२ पुम्दी–भुम्दीका ३५ बर्षीय तेजराज बराल, मोरङ घर भई हाल जिल्ला पोखरा १४ चाउथे बस्ने ३३ बर्षीय अर्जुन पौडेल, सप्तरी घर भई हाल पोखरा १४ चाउथे बस्ने ३५ बर्षीय राकेश चौधरी, पोखरा ४ सिदार्थचोक बस्ने बर्ष ५२ बर्षी कमलराज लामिछाने र भरतपुर घर भई हाल पोखरा १४ चाउथे बस्ने ५२ बर्षीय एक बहादुर गुरुङ रहेका छन् ।

उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले जानकारी दिएको छ ।

 

  • ९ मंसिर २०८०, शनिबार १७:२२ प्रकाशित