पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४५ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५४ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४५ रुपैयाँ २१ पैसा रहेको थियो।
आज डलर एकको खरिददर १३२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५४ पैसा रहेको छ ।यस्तै आज पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४३ पैसा रहेको छ ।
आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८ रुपैयाँ ९२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८ रुपैयाँ ५२ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६१ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ४१ पैसा र बिक्रीदर २८ रुपैयाँ ५३ पैसा रहेको छ ।