साताको अन्तिम आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलर एकको खरिददर १३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४८ पैसा रहेको छ ।

आज युरो एकको खरिददर १४४ रुपैयाँ २७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा रहेको छ । यस्तै आज पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६३ पैसा रहेको छ ।

आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८ रुपैयाँ ८३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८ रुपैयाँ ४१ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ३४ पैसा र बिक्रीदर २८ रुपैयाँ ४७ पैसा रहेको छ ।

  • १ मंसिर २०८०, शुक्रबार १०:१३ प्रकाशित