मन्त्रिपरिषद बैठक

भूकम्प पीडितलाई प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब दिने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलव भूकम्प पीडितलाई दिने भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री र मन्त्रीहरुको एक महिनाको तलव भूकम्प प्रभावितहरुलाई दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेकी सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

गएको शुक्रबार जाजकोटको रामीडाँडा केन्द्र भएर गएको भुकम्पले जाजरकोट र रुकुम पश्चिममा मानवीय तथा भौतिक क्षति भएको छ । भुकम्प प्रभावितका लागि देश विदेश तथा राजनीतिक दलहरुले सहयोग गरिरहेका छन् ।

  • २३ कार्तिक २०८०, बिहीबार १४:३२ प्रकाशित