आर्थिक विज्ञसहितको सर्वदलीय बैठक बोलाउने प्रधानमन्त्रीको तयारी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यामान राजनीति–आर्थिक सङ्कट तथा भूकम्पपछि कर्णाली प्रदेशको पुनर्निर्माण सम्बन्धमा सर्वदलीय बैठक बोलाउने भएका छन् ।

मंगलबार १२ बुँदे पक्षधर दलहरू बैठक बोलाएका प्रधानमन्त्री प्रचण्डले आर्थिक सङ्कटको अवस्थाबारे जनतासमक्ष यथार्थ चित्रण सार्वजनिक गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले आर्थिक सङ्कट समाधान र राष्ट्रिय सङ्कल्प जारी गर्ने गरी प्रधानमन्त्रीले विज्ञसहितको सर्वदलीय बैठक बोलाउन लागेको बताइन् ।

उनको अनुसार प्रधानमन्त्रीले एक-दुई दिनमा आर्थिक विज्ञसहितको सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् । विद्यामान आर्थिक सङ्कटबारे विज्ञहरूले सुझाव दिनेछन्।

प्रमुख प्रतिपक्षी एमाले लगायत दलहरूले राजनीति, आर्थिक, जनजीविका लगायत मुद्दा सम्बोधन गर्न सरकार असफल भएको आरोप लगाइरहेको बेला उनले सर्वदलीय बैठक बोलाउन लागेका हुन् ।

  • २३ कार्तिक २०८०, बिहीबार १०:३९ प्रकाशित