पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार युरो र पाउण्डको भाउ घटेको छ ।
आज युरो एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४२ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७३ पैसा रहेको थियो ।आज डलर एकको खरिददर १३२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५४ पैसा रहेको छ ।
यस्तै आज पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५१ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६४ रुपैयाँ २९ पैसा थियो ।
आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८ रुपैयाँ ८६ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २६ पैसा र बिक्रीदर १८ रुपैयाँ ३४ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६० पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ३८ पैसा र बिक्रीदर २८ रुपैयाँ ५१ पैसा रहेको छ ।