एमाले जिल्ला अधिवेशनको ‘डेडलाइन’ जेठ मसान्त

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एमालेले जिल्ला र पालिका अधिवेशनको डेडलाइन (मिति) पछि सारेको छ । यसअघि माघ मसान्तसम्म जिल्ला अधिवेशन गर्न सर्कुलर गरेको एमालेले उक्त मिति सार्दै जेठ मसान्तसम्म पुर्‍याएको हो ।

बुधवार बसेको सचिवालय बैठकले जेठ मसान्तभित्र जिल्ला अधिवेशन सक्नेगरी मिति परिमार्जन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकमा प्रदेश अधिवेशनमा उम्मेदवार भएका ६ जना केन्द्रीय सदस्यको पद रिक्त भएको जानकारी गराइएको थियो ।

  • २२ कार्तिक २०८०, बुधबार १६:३९ प्रकाशित