एकीकृत समाजवादीले बुझायो भूकम्प पीडितका लागि सहयोग रकम

केन्द्रभाग मिडिया

काठमाडौँ ।

जाजरकोटमा गएको भूकम्पमा परी प्रभावित भएकाहरूलाई राहत जुट्ने क्रम जारी छ । राजनीतिक दलहरूले पनि घोषणा बमोजिम रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण गरिरहेका छन् ।

यसैक्रममा आज बिहान नेकपा एकीकृत समाजवादीले पनि सहयोग रकम हस्तान्तरण गरेको छ । पार्टीले घोषणा गरे बमोजिमको २५ लाखको चेक पार्टी अध्यक्ष माधव नेपाललगायतका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका हुन् ।

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममामा गरी १५३ जनाको मृत्यु भएको थियो भने २५० भन्दा बढी घाइते भएका छन् ।

  • २१ कार्तिक २०८०, मंगलवार ११:२९ प्रकाशित