कांग्रेसका सांसदको १५ दिन बराबरको पारिश्रमिक भूकम्प पीडितलाई दिने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेसका सांसदहरुले १५ दिन बराबरको पारिश्रमिक भूकम्प पीडितलाई दिने निर्णय भएको छ ।

भूकम्प पीडितहरुको उद्धार, राहत र पुनर्स्थापनाका लागि संघीय संसदमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरुले सो बराबरको रकम दिने निर्णय भएको हो ।

आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले सो निर्णय गर्दै भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुख व्यक्त गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

  • १९ कार्तिक २०८०, आईतवार १५:३२ प्रकाशित