भारतमा पहिलोपटक समलिङ्गी भए न्यायाधीशमा सिफारिस

केन्द्रभाग मिडिया

मुम्बई ।

हाम्रो समाजले समलिङ्गीलाई अन्य मानिस सरह अझै पनि स्वीकार गर्न सकिरहेको छैन ।

भलै समलिङ्गीका अधिकार, स्वतन्त्रताको चर्चा हुने गरे पनि विश्वमै समलिङ्गीलाई तल्लो दर्जामा राखेर हेर्ने गरिन्छ । उनीहरुलाई अन्य मानिस सरह रोजगार पाउन कठिन छ । उनीहरुलाई माथिल्लो स्तरका काममा खासै राखिदैन ।

तर भारतको दिल्ली उच्च अदालतले पहिलो पटक समलिङ्गी न्यायाधीश सिफारिस गरेको छ। सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता सौरभ कृपाललाई समलिङ्गी न्यायाधीश बनाउन सिफारिस गरिएको हो। यदि वकिल सौरभले सो पद सम्हालेमा उनी भारतका पहिलो समलिङ्गी न्यायाधीश बन्ने बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

भारतमा न्यायाधीश नियुक्ति प्रक्रियामा कलेजियमहरुले सिफारिस गर्छन् भने त्यसपछि मात्र संघीय सरकारमार्फत औपचारिक रुपमा नियुक्ति स्वीकार्ने गरिन्छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले आगामी हप्तामा समलिङ्गी न्यायाधीशको रुपमा वरिष्ठ अधिवक्ता कृपाललाई स्वीकार्ने संकेत देखाएको बीबीसीले उल्लेख गरेको छ।

यसअघि समलिङ्गी न्यायाधीशको लागि कृपालको नाम पटकपटक केन्द्र सरकारमा पठाइएपनि सरकारले उनको पहिलो सिफारिसमा रोक लगाएको बताइएको छ। तर लामो समयपछि यसपटक भने सरकारले उनलाई समलिङ्गी न्यायाधीशको रुपमा नियुक्त गर्न सक्ने बताइएको छ।

  • २ मंसिर २०७८, बिहीबार १३:४६ प्रकाशित