आज कस्तो छ विदेशी मुद्रा विनिमयदरको मूल्य ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर एकको खरिददर १३२ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५७ पैसा रहेको छ ।

आज युरो एकको खरिददर १४० रुपैयाँ १७ पैसा र बिक्रीदर १४० रुपैयाँ ८० पैसा थियो।आज पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६२ रुपैयाँ ०४ पैसा रहेको छ ।

आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८ रुपैयाँ ८३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १७ पैसा र बिक्रीदर १८ रुपैयाँ २५ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६० पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ८७ पैसा र बिक्रीदर २८ रुपैयाँ ०० पैसा रहेको छ ।

  • १६ कार्तिक २०८०, बिहीबार १०:०० प्रकाशित