आज युरो र भाउण्डको भाउ बढ्यो, डलरको कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५१ पैसा रहेको छ ।

आज युरोको भाउ बढेको छ । आज युरोको एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४० रुपैयाँ ५८पैसा र बिक्रीदर १४१ रुपैयाँ २१ पैसा थियो।

यस्तै आज पाउण्डको भाउ पनि बढेको छ । आज पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७८ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६१ रुपैयाँ १७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८९ पैसा थियो।

आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८ रुपैयाँ ८६ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १७ पैसा र बिक्रीदर १८ रुपैयाँ २५ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रुपैयाँ ०२ पैसा रहेको छ ।

  • १५ कार्तिक २०८०, बुधबार १०:४९ प्रकाशित