एसीसी यू–१९ प्रिमियर कपको उपाधि जितेर स्वदेश फर्कियो नेपाली टोली

विमानस्थलमा भव्य स्वागत

केन्द्रभाग मिडिया

काठमाडौं ।

मलेसियामा सम्पन्न एसीसी यू – १९ प्रिमियर कपको उपाधि जितेर नेपाली किक्रेट टोली स्वदेश फर्केको छ ।

कडा प्रतिस्पर्धामा यूएईलाई हराउँदै फाइनलमा जित हासिल गरेको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेको छ । उनीहरुलाई विमानस्थलमा क्यानका पदाधिकारीहरुले फुलमाला खादाले स्वागत गरेका थिए ।

मंगलबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा २८० रनको बलियो स्कोर खडा गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको यूएईले २ विकेट क्षतिमा ५२ रन बनाएको अवस्थामा वर्षाका कारण खेल लामो समय अवरुद्ध भएको थियो ।

वर्षा रोकिएपछि डिएल मेथड अनुसार यूएईलाई २७ ओभरमा १९८ रनको परिमार्जित लक्ष्य दिइयो । तर, यूएई १७८ रनमा अलआउट भएको थियो ।

  • ९ कार्तिक २०८०, बिहीबार ०९:२४ प्रकाशित