कांग्रेस र माओवादी नमानेपछि केदार कार्कीलाई सहयोग गर्‍यौं : हिक्मत कार्की

केन्द्रभाग मिडिया

विराटनगर ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले नेपाली कांग्रेस र माओवादी केन्द्रले सहकार्य गर्न नमानेपछि केदार कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गरेको बताएका छन् ।

प्रदेशमा कुनै पनि दललाई बहुमत नभएकाले आपसमा सहकार्य गर्नुपर्ने बाध्यता रहेको भन्दै उनले कांग्रेस र माओवादीले सहकार्य गर्न नमानेपछि कांग्रेसको एक समूहसँग सहकार्य गरेको बताएका हुन् ।

उनले आफूहरुले गल्ती नगरेको र संविधान अनुसार नै काम गरेको बताए । ने्ता कार्कीले गल्ती भएको भए सार्वजनिक ठाउँमा उभिएर माफी माग्न तयार भएको पनि बताए । आफूहरुको कदमले प्रदेशमा मध्यावधि निर्वाचन रोकिएको र प्रदेशमा अस्थिरता अन्त्य भएको दाबी गरे ।

  • १ कार्तिक २०८०, बुधबार १५:४९ प्रकाशित