पूर्वराजा ज्ञानेन्द्रलाई माधवको चुनौती :‘जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर चुनाव लडनुस्’

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौँ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी बनाएर चुनावमा लड्न चुनौती दिएका छन् ।

बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन चुनौती दिएका हुन् ।

उनले प्रतिगमनको दिशामा देशलाई लैजान खोज्नै कुनै कार्य स्वीकार्य नहुने बताए । उनले कुनै वंशको शासन नेपालमा नेपाली जनतालाई स्वीकार्य नरहेको भन्दै भक्तपुर र झापाका जनताले यसबारेमा सोच्नुपर्ने बताए ।

  • १ कार्तिक २०८०, बुधबार ११:१३ प्रकाशित