७ हजार परीक्षणमा ३७७ जनामा संक्रमण: ४ संक्रमितको मृत्यु

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर ३७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

६ हजार ५ सय ५ जनाको पीसीआर परीक्षण गर्दा ३३९ जना र २ हजार ६ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जना गरी ३७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने १७० जना निको भएका छन् ।योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४८२ पुगेको छ भने ७ लाख ९८ हजार ७१४ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४७६ जना रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये ६ हजार ९८४ जना होम आइसोलेसनमा रहेका छन् भने ४९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये २१९ जना आईसीयू र ५९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

  • ३० कार्तिक २०७८, मंगलवार १६:५१ प्रकाशित